विरगञ्ज । मुस्लिम समुदायकीउनी । आमाले स्कुलजानबन्दगरिदिइन् । कारण थियो– सबैले भागी बिहे गरे, मेरी छोरीले पनिभागी बिहे नै गर्छिन् भन्ने भय । आमालाईनिकै मनाउने प्रयास गरिन् । सबै विफलभए । अन्ततःउनीअर्थात् जयनबखातुनले स्कुलको गुनासो पेटिकामा पत्रखसालिन् । पत्रपुग्यो विद्यालयको गुनासो सुनुवाइ समितिमा । समितिले जयनबलाई जसरीभएपनि स्कुलमानिरन्तरतादिनुपर्ने निष्कर्ष निकाल्यो । समितिकापदाधिकारीहरु दिनदिनै जयनबका घरमाधाउनथाले । निरन्तर धाउँदाधाउँदाआमालाई मनाउन सफलभए । सुगौलीको शारदा माध्यमिकविद्यालयकीकक्षा ९ की छात्राको तीनमहिना पठनपाठन बन्दभयो, तर निरन्तरतापाउन सफलभयो । गुनासो पेटिका हुँदैन थियो भने सम्भवतःउनले पढाइलाई पुनःनिरन्तरतादिन सक्दैन थिइन् ।
गुनासो पेटिकाको चमत्कार देखेर जयनबनिकै खुशी छिन् । “मत स्कुलजान छाडिसकेको थिए । पढ्ने उत्साह मरिसकेको थिएन । आमाले भनेको जस्तो भागी बिहे गर्ने पनिथिइन्, तर आमालाई मनाउन सकेको थिएन”उनले थपिन्, “अब म उच्चशिक्षासम्मअध्ययनगर्नेछु । आमालाईभागी बिहे गर्दिन भनेर प्रमाणित पनिगरिदिनेछु । गुनासो पेटिका हुँदैन थियो भने मेरो भाग्ययतिबेलाकहाँहुन्थ्यो, भन्न सक्दिन ।”
गुनासो पेटिका राख्नुपर्ने व्यवस्थाकाबारेमाअझै पनि स्कुलहरु बेखबर छन् । धेरैलाई थाहा छ । केहीविद्यालयले समिति गठन गर्दै फोकल पर्सनलाई तालिममापनि सहभागीबनाइसकेका छन् । स्कुलकापदाधिकारीहरुको वेवास्ताकाकारण फोकल पर्सन तोकिएपनिगुनासो पेटिका राखेको पाइँदैन । स्थानीयतहले अबगुनासो पेटिका अनिवार्य राख्नै पर्ने भनीजिल्लाका सबै विद्यालयहरुलाई परिपत्रगर्दैछ । विद्यालयलाई गुनासो पेटिकाको व्यवस्थापनगर्न स्थानीयतहले अग्रसरता देखाएका छन् ।
युनिसेफ नेपालको सहयोग, एजुकेसनल पेजेजको समन्वय र कलैया उपमहानगरपालिकाको आयोजनामाहालै कलैयामा सम्पन्न ‘गुनासो सुनुवाइ, लैङ्गिक हिंसा तथाविद्यालयशान्ति क्षेत्रसम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया’माकलैया उमनपाकाप्रमुख राजेश राययादवले स्पष्ट शब्दमाभन्नुभयो, “गुनासो पेटिका राख्नै पर्दछ । गुनासो पेटिकामा धेरै गुनासाआउनेछन् । तिनलाईविद्यालयले सम्बोधनगर्नेछन् । विभेदजन्यक्रियाकलापकाबारेमापनिगुनासाआउने छन् । त्यसबाटविभेद अन्त्यगर्न सहयोग मिल्नेछ । विभेद अन्त्यनगरुन्जेल स्थानीयतहमा समृद्धि सम्भवहुँदैन ।”
उपप्रमुख रहिमाखातुनपनियसमा सहमत देखिनुभएको छ । उहाँले पनिविद्यालयमागुनासो सुनुवाइ समितिकाबारेमाचासो राख्दै भन्नुभयो, “समितिबन्नु राम्रो हो । यसले छात्रा शिक्षाकाबारेमा देखिएकाकमीकमजोरी थाहाहुनेछ र त्यसको सम्बोधनहुन सके सिकाइमा सुधार आउनसक्दछ ।”
विद्यालयमागुनासो पेटिका राखिएपछि शिक्षण क्रियाकलापमानिकै सुधार आएको र त्यसले गर्दा विद्यार्थीको सिकाइमा समेत परिवर्तन भएको ठान्नुहुन्छ प्रधानाध्यापकहरु । पर्साको शारदा माविकाप्रधानाध्यापक रामनारायण मिश्रले आफ्नाशिक्षकहरुको व्यवहारकाबारेमागुनासो पेटिकाबाटै थाहापाउनु भएको हो । कक्षाकोठामाशिक्षकले हल्लानगर भन्ने गरेको, तर आफूहरु मोबाइलफोनमाव्यस्तहुनुहुने गरेको गुनासो पेटिकाले पोल खोलिदिएको उहाँले बताउनुभयो । “हेलो हेलो गर्दै शिक्षकरु कक्षाबाट बाहिरिनुहुन्छ, त्यसपछिभित्रै आउनुहुन्न, फलानो शिक्षकले पढाउनेभन्दामोबाइल खेलाएर बस्नुहुन्छ आदिगुनासाहरु पेटिकामा परे । हामीले सम्बन्धितशिक्षकलाई चेतावनीदियौँ । गुनासो पेटिकाले गर्दा सबै शिक्षकहरु निकै सजगबनेका छन्” उहाँले भन्नुभयो ।
बाराको बरेवा बैरियास्थितदुर्गा माविमागुनासो पेटिका राख्ने चलन सुरु भएको दुई वर्ष भएको छ । त्यो बेलाखासै गुनासो खस्ने गरेको थिएन । अब त महिनामा धेरै गुनासा खस्ने गरेका छन् । कार्यक्रममाउपस्थितहुनु भएका सोहीमाविकाप्रधानाध्यापकमनोजप्रसादयादवले शिक्षकहरुले मोबाइलफोनमात्रचलाउने गरेको, तर पढाउन ध्यान नै नदिने गरेको गुनासा बढी आएको अनुभव सुनाउनुभयो । “फलानो सरले कक्षाकोठाभित्र पस्नासाथै हामीलाई सधैँ पढ् भन्नुहुन्छ र आफू चाँहि निदाउनुहुन्छ, उहाँले कहिल्यै पढाउनु हुँदैन भन्ने गुनासापनिआए । शिक्षकहरुलाई बोलाएर चेतावनीदियौँ । कतिपयशिक्षकलाईपहिले आफू घरमा पढेर तयारीका साथ स्कुलआउनू भनेर पनि सचेत गरायौँ” उहाँले भन्नुभयो ।
शिक्षकले पढाएको कुरा नबुझिएको, शिक्षकहरुकक्षाकोठामा फेसबुक र गुगलमाव्यस्तभएको, धारामापानीनआएको, शौचालयफोहोर भएको, बाटामा केटाहरुले जिस्क्याउने गरेको, खेल मैदानको व्यवस्थानभएको, शौचालयमा साबुनपानीको व्यवस्थानभएको लगायतविद्यार्थीले प्रत्यक्ष देखेका र भोगेकाजुनसुकै विषयलाई पनिआफ्नो नाम राखेर वा नराखेर उजुरी पेटिकामा खसाल्ने अभ्यास सफलहुँदै आएको छ । शिक्षातथामानव स्रोत विकास केन्द्र (साविकको शिक्षाविभाग)ले स्थानीयतहकालागिगुनासो सुनुवाई कार्यविधि नै तयार पारी उजुरी पेटिका राख्ने व्यवस्थाकालागि देशभरिकानिकायहरुलाई परिपत्र नै गरेको छ ।
कलैया उपमहानगरपालिकाले जेन्डर फोकल पर्सन तोक्ने कार्य सम्पन्नभइसकेकोकादावी गरेको छ । यही माघ मसान्तभित्रउसले सबै विद्यालयमागुनासो सुनुवाइ समिति गठन गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेको छ । यसैगरी आगामी १५ दिनभित्र सुझाव पेटिका राख्ने, बालक्लवतथाबाल समिति गठन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । २१ दिनभित्रआचारसंहितानिर्माण गर्ने, २० दिनभित्रगुनासो सुनुवाइव्यवस्थाका सम्बन्धमा सूचना टाँस गर्ने, माघ मसान्तभित्रगुनासो रेकर्ड राख्ने, पालिकामाचौमासिकरुपमागुनासो रेकर्ड राख्ने आदि प्रतिवद्धता व्यक्तगरिएको छ । यसले गर्दा अब यस उपमनपामा यससम्बन्धी समस्यानहुने जनाइएको छ ।
गुनासो पेटिकाको महत्व
सामुदायिकविद्यालयभित्रपाइला राखेपछि धेरै समस्याको अनुभव हुन्छ । ती समस्याकाबारेमा सम्बन्धितविद्यालयकाप्रधानाध्यापक, शिक्षकवाकर्मचारी जानकार नभएको पनिहुन सक्दछ वा देखेर पनि वेवास्ताजनाइरहेको हुनसक्छन् । शौचालयमाजाँदाफोहोर । कक्षाकोठामा पुग्दात्यस्तै । पठनमैत्रीकक्षाकोठा नै देख्न पाइँदैन । चौर लथालिँग । खानेपानीको व्यवस्थापनमाअर्काे समस्या । समस्या नै समस्याबाट गुज्रिरहेको देखिन्छ । किन यस्तो भनेर सोधियो भने सिधै रकमअभावकै कुरा हुन्छ । कुरा आएर राज्यको दायित्वमाथि अडिन्छ । सरकारले यो गरेन, त्यो गरेन, अभिभावकगरिब छन्, उनीहरुले कसरी तिर्न सक्लान् आदिआदि कुरा । आफ्नै प्रयास र पहलबाट पनि समाधानगर्न सकिने थुप्रै समस्या छन्, तर चासो लिइदैन । आफ्नै पहलबाट समाधानगर्न सकिने सानासाना समस्याउजागर गर्नकालागिगुनासो पेटिका निकै महत्वपूर्ण साधनहुन सक्दछ । सबै विद्यालयमागुनासो पेटिका छैन । गुनासो पेटिका राख्नकालागिकार्यविधितयार गरिएको छ, तर त्यसकाबारेमा धेरै विद्यालय अनभिज्ञ छन् । कतिपयले थाहापाएर पनि झन्झट किनबिसाउनुभनेर त्यसप्रति वेवास्ताजनाइरहेको पनि देखिएको छ । पर्साको एउटा विद्यालयले गुनासो सुनुवाइ समितिसमेत गठन गरेर फोकल पर्सनलाई तालिमपनिप्रदानगरिसकेको छ, तर एक वर्ष बित्दापनिगुनासो पेटिका राखेको छैन । यसबाटविद्यालय दायित्वबाट पन्छिन खोजेको प्रष्ट हुन्छ । त्यो भनेको झन्झट बिसाउने भाँडोमात्रहोइन, विद्यालय सुधार्ने भाँडो पनिहो । शिक्षकलाई सुधार्ने भाँडो पनिहो । आफ्ना विरुद्धमाविद्यार्थीले उजुरी हाल्लान् किभन्ने भयले पनियसप्रतिवास्तानगरेको हुनसक्छ । त्यो गलत सोच हो ।
सामुदायिकविद्यालयलाई सुधार्नु छ । निकै तलखस्किएको छ गुणस्तर । उच्चस्तरीय राष्ट्रिय शिक्षाआयोगले पनिआगामी १० वर्षमा सामुदायिकविद्यालयको गुणस्तरलाई निजी सरह पुर्याउने भनीसिफारिस गरेको छ । यस्तो सिफारिस गर्नुले सामुदायिकविद्यालयप्रति सर्वत्र चिन्ता र चासो रहेको प्रष्ट हुन्छ । सामुदायिकविद्यालयबिग्रनुमा दोषीको भन्ने कोट्याइरहनुभन्दापनिअब सपार्ने अभियानथाल्नु उत्तम हुन्छ । यस सन्दर्भमाअबविद्यालयहरुले आफ्नाभवनमागुनासो पेटिका राख्ने अभियान सुरुमाथाल्दाउपयुक्त हुन्छ । गुनासो सुनुवाई समिति गठन गर्ने । त्यसमाप्रधानाध्यापक, महिलाशिक्षक र छात्रा रहने गरी तीनजनालाई समावेश गर्ने । हरेक शुक्रबार गुनासो पेटिकालाई खोलेर त्यसमाभएका समस्याकाबारेमाथाहापाउने । उजुरीकर्ताकाबारेमागोपनीयताकायमगर्नुपर्ने हुन्छ, अन्यथाउजुरी कहिल्यै पर्दैनन् र गोपनीयताकायमहुननसक्दा सम्बन्धितविद्यार्थी पीडित बन्ने अवस्थासिर्जना हुनसक्दछ । समस्याको सम्बोधनतत्कालगर्नुपर्दछ । शिक्षकले मोबाइलफोनमात्रचलाउने तर नपढाउने समस्याकाबारेमा सम्बोधनभएका छन् । शिक्षकवा छात्रले गलतव्यवहार गरेका कुरा पनि सम्बोधनभएका छन् । डोटीको एउटा विद्यालयमा छात्राले भाइलाई निजी र आफूलाई सामुदायिकविद्यालयमाअध्यापन गरेको भनीअभिभावकप्रतिगुनासो गर्दै पत्र लेखेकाथिए । अछाममा छाउपडी प्रथाकाबारेमा धेरै गुनासा खस्ने गरेका छन् । यी यस्ता समस्याविद्यालयआफैले चाहेर समाधानगर्न सक्ने पनि हुन्छ वा सम्बन्धितअभिभावकलाई बोलाएर पनि समाधानको बाटो पहिल्याउन सकिन्छ । असलअभ्यासलाई अनुकरण गर्नुपर्दछ । त्यसले सिकाइमा सुधार ल्याउँछ । आफ्नागल्तीउजागर हुने भयभन्दापनिविद्यार्थीको सिकाइ सुधार महत्वपूर्ण पक्षहो । यस्ता गुनासाले शिक्षकलाई जिम्मेवार र उत्तरदायीपनिबनाउन सहयोग पुर्याउँछ । तसर्थ गुनासो पेटिकाको व्यवस्थापनगर्न ढिला नगरौँ ।