गुनासो सुनुवाइले पढ्न पाइन स्मृतीले

स्मृती विक कमलबजार नगर पालिका वडा न ११ को विद्या प्रवोधिनी माध्यामीकमा कक्षा ९ मा पढ् छिन् । उनि पढाइमा राम्रौ थिइन । कक्षा ७ सम्म कक्षा फस्ट हुन्थीन उनी । विद्यालय पनि नियमित आउँथिन । तर एका एक उनि विद्यालयमा आउन छाडीन् । कमजोर आर्थिक अवस्था भएकी स्मृतीको परिवारले उनको विवाह गरिदिएकाले उनि विद्यालय आउन बन्द भएको थियो । केही दिन सम्मत साथीहरुले उनी आउने वाटो हेरे । तर, जव उनको विवाह भएको र अव उनि विद्यालय नअनउने सुइको पाए तव कुनै ढिला नगरी विद्यालयको गुनासो सुन्ने शिक्षक वसन्ती कुमारी विष्ट जानकारी गराइ हाले ।
विद्यालयमा लागु भएको गुनासो सुनुवाइ कार्यविधि अनुसार लिखित वा मैखिक रुपमा आउने वित्तीकै गुनासोको सम्वेनसीलताको आधारमा सम्वोधन गर्नु पर्ने व्यवस्था अनुसार गुनासो सुनुवाइको फोकल शिक्षक ले पनि स्मृतीको विवाह भएको विद्यालय आउन छाडेको जानकारी गराइ हालीन । प्रअ तथा गुनासो सुनुवाइ समतितिका अन्य सदस्य समेतको सल्लाहा बमोजिम स्मृती विकको घरमा उनी गइन । अभिभावक, छर छिमेक समेतलाई राखि स्मृतीको पढाइ राम्रो रहेको र उनको पढ्ने उमेर भएकाले उनको पढाइलाई निरन्तरता दिन आग्रह गरिन । सम्झाइन वुझाइन र विद्यालय पठाई दिनु हुन अनुरोध गरिन । सुरुमा त घर पट्ीका मानेन् । उनले स्मृतीलाई पनि सम्झाइन वुझाइन । अन्तत् स्मृती विद्यालय आउन थालिन । अहिले नियमित रुपमा विद्यालय आउछीन । उनको पढाइ पनि राम्रो रहेका विद्यालयका प्रअ श्री रुपा नन्द उपाध्याय बताउनु हुन्छ ।
विद्यार्थीलाई कुनै समस्या परेमा वा कुनै गुनासो या सुझाव भएका त्यसको समाधान गर्न गुनासो पेटिका तथा गुनासो सुनुवाइ संयन्त्र गठन गरिएकाले स्मृतीले पुन विद्यालय जान पाएकी हुन् ।
आफ्ना वा आफुले देखेका साथीहरुका समस्या समेत लिखित वा मौखीक रुपमा गुनासो पेटिका वा गुनासो सुन्ने शिक्षकलाई भन्ने व्यवस्था विद्यालयले मिलाएको छ । यस्तो व्यवस्था पछि विधा प्रवोधनी माध्यमिक विद्यालयका छात्राहरु धेरै कुराको सहज हुने गरेको छ ।
पहिले पहिले विद्यालयमा ह्रिंसा, बुलिङ, भेदभाव हुनु कुनै नौलो कुरा थिएन । कुनै केटा साथीले अरु कुनै केटाको नाम जोडेर छात्राको नाम भन्ने जिस्काउने गर्दथे । तर हिजो आज त्यस्ता कुराको लगभग अन्त्य नै भएको छ । सुझव पेटीका राखे पछि अब त्यस्ता ह्रिंसा, बुलिङ तथा भेदभाव धेरै मात्रमा कमि आएको छ ।
गुनासो पेटीका राखेको शुरुमा शिक्षकको पनि धेरै गल्ती कम्जोरी विद्यार्थीले औंल्याएका थिए । त्यस्ता गल्ती कम्जोरलाई बाल क्लबका प्रतिनिधी तथा गुनासो सुनुवाई समितीका सदस्यहरु विच छलफल गरेर फेरी नदोरिने गरेर समाधान गरियो । विद्यालयमा गुनासो पेटीका भए पछि विद्यार्थीलाई निर्भिक भएर बोल्न आपनो कुरा राख्न सहज भएको विद्यालयको फोकल शिक्षक वसन्ती कुमारी विष्ट बताउनु हुन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top