दुर्गा नमुना मावि वारा, पठन पाठनमा विद्यालयको राम्रो भएका करण नजिकका विद्यालय भएका विद्यार्थी समेत सो विद्यालयमा पठन पाठन लागी आउने गरेका छन । त्यस कारण सो विद्यालयमा छात्राको राम्रो उपस्थिती रहेको छ । धेरै विद्यार्थी भएकाले केही छात्रले छात्राको नाम जोडेर भितामा लेख्ने गरेको, कक्षा सकेर बाहिर निस्कदा कपाल तान्ने जस्ता गतिविधी हुने गरेको थियो ।
जब कलैया उपमाहा नगरपालिकाले गुनासो सुनुवाई सम्बन्धी गोष्ठी आयोजना गरेको थियो । त्यस पछि विद्यालय प्रशासनले विद्यालयमा गुनासो पेटीका राख्ने व्यवस्था ग¥यो र सो सुझाव पेटीकाको बारेमा सबै विद्यार्थीलाई समेत जानकारी गराइयो । जब विद्यालयमा सुभाव पेटीकाको व्यवस्था भयो छात्राहरुले आफुलाई परेको समस्या पिडा गुनासो पेटीकामा खसाल्न शुरु गरे त्यस्ता समस्याको समाधानका लागि प्रअ र लैङगिक सम्र्पक विन्दुले बाल क्लवका प्रतिनिधी सहितको उपस्थितीमा विद्यालय भित्रको समस्याहरुलाई हल गर्दै लगियो । अब पहिलाको जस्तो समस्या विद्यालय भित्र छैन ।
विद्यालय भित्रको समस्या केही हल हुदै गए पनि बाहिरी समस्याले छात्रालाई पिरोली रहयो । विद्यालय वरिपरि वाल भएको कारणले सबै विद्यार्थी गेटबाट नै भित्र जानु प¥यो गेटमा बाहिरी केटाहरु बस्ने छात्रालाई विद्यालय भित्र जान अप्ठारो बनाउने जिस्कोने विद्यालय छुट्टी भएपछि गेट बाट नै पछि लाग्ने पढाईमा अवरोध गर्ने गरेक थिए ।
छात्राहरुले आफुहरुलाई बाहिरी केटाहरुले दिएको समस्या लिएर प्र अ मनोज कुमार यादवलाई जानकारी गराए त कतिले सुझाव पेटीकामा समस्या राखे । यस्तो समस्या आए पछि प्र अ यादवले विद्यालय खुल्नु अगाडी नै गेटमा आएर बस्ने ति लफडा गर्ने केटाहरुलाई सम्झाउने, बुझाउने काम समेत भयो यति गर्दा पनि ति केटाहरु अलिकति वरपर बसेर छात्राहरुलाई अप्ठारो बनाई रहे छात्राका समस्यामा सुधार नआए पछि विद्यालय प्रशासनले जिल्ला प्रशासनलाई सो समस्याको जानकारी गरायो जिल्ला प्रशासन कार्यालयबाट साधा पोसकका प्रहरी आएर ति लझडा गर्ने केटाहरुलाई समाई तिन दिन सम्म प्रहरी कार्यालयमा राखी आइन्दा काममा बाहेक विद्यालय अगाडी नआउने शर्तमा अभिभावकको जिम्मा लगाइयो ।
अब छात्राहरु विद्यालय आउन जान निधक्कसंग पठन पाठन गर्न कुनै समस्या छैन । उनीहरुलाई कसैको डर भय छैन सुझाव पेटीकाले निडर, पखर साहासिक बनाउदै लगेको छ ।
सुझाव पेटीका राख्नु भन्दा अगाडी छात्राहरुलाई विद्यालयमा महिनावारी हुदा विद्यालय छोडेर घर जानु विकल्प थिएन । गुनासो पेटीकामा सो गुनासो आए पछि विद्यालय प्रशासनले पानी सहितको प्याडको व्यवस्था ग¥यो अहिले छात्रालाई पठन पाठनमा कुनै समप्या छैन । छात्राका लागी सुझाव पेटीका समस्या हल गर्न ठुलो राहात बनेको छ भनेर विधालयको लैङगिक सम्र्पक विन्दु रन्जना कुमारी साह भन्नु हुन्छ ।