विद्यालय सुधारको बहाक वन्दै गुनासो पेटिका

दशरथचन्द नगरपालिकामा आयोजना भएको विद्यालयमा गुनासो सुनुवाइ व्यवस्था सम्वन्धी अभिमुखीकरणमा सहभागी हुदै गर्दा नै कुलौन माविका प्रधानाध्यापक मान बहादुर बोहराको बोझीलो मनले केही राहत पाएको थियो । नगरपालिकाको गुनासो पेटिका व्यवस्थपन गर्ने पञ हातामा पाए पछि उनी वषौं देखीको विद्यालय सुधारको प्रयाललाई र्मुतता दिन ताम्सीए ।

नगरपालिकाको उक्त पत्र अनुसार विद्यालयमा गुनासो सुनुवाइका लागि सुझाव पेटिकाको व्यवस्था गरे पछि उनको विद्यालय सुधार गर्ने अभिलासाले गति पायो । ‘तिमी हामी सवैका अ–आफ्ना समस्या होलान, पिर–र्माका होलान सबै मिलेर समाधान गर्न सकिन्छ । बरु गाँउमा पनि भन्नु, आमा बुवा सबैलाई गुनासो पेटिकाकोवारेमा भन्नु र भोगेका समस्या तथा सुझावहरु यस सुझाव पेटिकामा खसाल्नु’ भने पछि आफ्ना भोगाइहरु अभिव्यक्त गर्न नपाएका बालबालिकाहरुले पनि गुनासो पेटिकामा खुलेरै आफ्ना कुरा राखे । यसरी सुरु भएको बालबालीकाले आफ्ना कुराहरु राख्ने कार्यले विद्यालयमा आमुल परिवर्तन ल्याएको प्रधानाध्यापक मान बहादुर बोहोराको अनुभव छ । सुरु सुरुमा विद्यालयले विद्यार्थीका समस्या समाधान गर्दै गयो । खेल्ने मैदानको अभावलाई पुरा गर्न नजिकैको खेत किनेर सानो खेल मैदान वनायो । विद्यालयमा खानेपानीको घारा ल्याइयो । विद्यालयमा सरसफाइ, अतिरीक्त कृयापलाप, नियमीत पढन पाढन, शौचालय जस्ता कैयन समस्या विद्यालयले समाघान ग¥यो ।
तर गुनासो पेटिका गुनासो गर्नको लागिमात्र सिमित रहेन । यसले विद्यार्थीहरुको सोच र बानिब्यहोरामा पनि परिर्वतन ल्यायो । गुनासो मात्र गर्ने हैन समाधान समेत पहिलाउने तर्फ विद्यार्थी लाग्न थालेका छन । हिजो आज उनिहरु विस्तारै आफ्ना समस्या समाधान गर्ने स्तरमा पुगीसकेका छन । गुनासो पेटिकामा आउने धेरै जसो समस्या विद्यार्थी आफैले विद्यालय संग मिलेर समाधान गर्न थालेका छन् । प्राथमीक र माध्यामीक कक्षाहरुको विचमा भिरालो जमिन थियो । जसका कारण बालबालिका दुरघटना हुने उच्च जोखीक थियो । त्यहाँ हिड्न गाह्रो भएको गुनासो मात्र गरेनन् वरु त्यहाँ हिड्ने खुड्कीलाहरुको निर्माण गर्न समेत सघाए विद्यार्थीहरुले । विद्यालयका भित्तामा जताभावी लेखीएका कुराहरुले उनिहरुलाई असर गरेको गुनासो परेपछी त्यसलाई उनिहरु आफै मिलेर मेटेका छन् । विद्यालयमा फोहोर हुन नदिन तथा सफा गर्न समेत लागी परेका छन् । विद्यालय अगाडीको बाटो वन्दा टुटेको पानि धारा विद्यार्थीको सकृयतामा पुन जोड्न लगाउने कार्य भैरहेको छ ।

विद्यार्थीमा मात्र हैन गुनासो पेटिकाले शिक्षकका समेत सकारात्मक परिवर्तन ल्याएको छ । विद्यालयमा शिक्षकको कृयासिलतामा वृद्धी भएको छ । कुनै हप्ता अतिरीक्त कृयाकलाप गर्न छुट्यो भने गुनासो परिहाल्दछ । त्यसैले सबै शिक्षकहरु अ–आफ्नो कार्यमा सकृय हुनुहुन्छ । पढन पाढनमा पनि नियमीतता र सुधार देखीएको छ । यसले गुणस्तर वृद्धी गर्न सहयोग पुगेको छ । ‘गुनासो सुनुवाइ मार्फत विद्यार्थी र शिक्षकहरुलाई सकृय गर्न सकियो भने यसले पढन पाढन मात्र हैन सामजिक, संस्कृतीक कुराहरुमा पनि सुधार हुदो रहेछ भन्ने यस विद्यालयवाट प्रमाणीत भएको गुनासो सुनुवाइका फोकल शिक्षक जयराज भट्ट बताउनु हुन्छ ।

खेत किनेर वनाइएको सानो खेल मैदान
‘विद्यालय व्यवस्थापन समितिमा विद्यार्थीको हुुुनु पर्ने मागलाई हालै पुरा गरि उनिहरुलाई विव्यसमा सहभागी गराइएको छ । हाल वडा कार्यालय र राजनैतिक दलहरुले प्रयोग गर्ने गरेको विद्यालयको हल विदाको दिन समेत कुनै राजनैतिक दल वा अन्य कार्यमा प्रयोग गर्न नहुने उनिहरुको गुनासो छ । यसलाई पनि यसै नयाँ विव्यस र उनिहरु संगै सहकार्य गरेर पुरा गर्नेछौं ।’ विद्यार्थीहरुको सुझाव अनुसार उनिहरुकै अगुवाइका उक्त हल रगं रोकन गरिने भएको छ र त्यस पछि भने यो पूर्ण रुपमा विद्यालयको कार्यमा मात्र प्रयोग गर्ने विद्यालयको योजना रहेको गुनासो सुनुवाइका फोकल शिक्षक जयराज भट्टको भनाइ छ । त्यस्तै विद्यालय परिसरमामा विद्यालय समय पछी आउने गाई भैसीलाई रोक लागाउनु पर्ने विद्यार्थीको गुनासो आएको छ । यसलाई विद्यालय परिसरमा घेरावारा गरि कार्यान्ययनमा ल्याउने विद्यालयको योजना छ ।
प्रधानाध्यापक बोहरा भन्नुहुन्छ, ‘धेरै तिर धाएर, हारगुहार गरेर गर्न नसकेका कामहरु अहिले सहज रुपमा हुन थालेका छन् । विद्यालय संचालन तथा व्यवस्थापनमा गुनासो पेटिकाले अत्यान्त सहज गराएको छ ।’ ‘आफुले गर्न नसकेका, प्रशासन, शिक्षा शाखा वाट हुन नसकेका धेरै कार्य सजिलै हुन थालेको छ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top