• Shreenagar, Minbhawan, Kathmandu
  • 01-4781046

उजुरीको डरले समयमै आउँछन् कक्षाका शिक्षक

राष्ट्रिय ,

 

मंसिर १५, २०७६ आईतवार
शेयर गर्नुहोसस्


शेषकान्त पण्डित
बाजुरा, मङ्सिर १५ गते । बाजुराको तोली देवलडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक ९प्रअ०ले कक्षामा नियमित पढाउन छोडेपछि विद्यार्थीले गुनासो पेटिकामार्फत विद्यालयमा उजुरी गरे । विद्यालयका तत्कालीन प्रअ रत्नप्रसाद जैशीले एक महिनाभन्दा बढी बढाउनुभएको थिएन ।

उहाँले कक्षा ९ र १० मा अङ्गे्रजीको कक्षा नलिनुभएको हो । विद्यार्थीको लिखित उजुरीको आधारमा विद्यालय व्यवस्थापन समितिले प्रअलाई अब नियमित रूपमा कक्षा लिन मात्र भनेन एक महिनासम्म निशुल्क रूपमा अतिरिक्त कक्षा लिने प्रतिबद्धता जनाउन लगाइयो । बाजुराको त्रिवेणी नगरपालिकाको पार्वती माध्यमिक विद्यालयले सबै विद्यार्थीलाई १४० रुपियाँ लिएर टाई र पेटी वितरण ग¥यो तर त्यो तिर्न नसकेर कक्षा ८ का विद्यार्थी वीरेन्द्र विकले विद्यालय नै छोडे ।

यसको गुनासो सहपाठीहरूले विद्यालय प्रशासन समक्ष पु¥याए । गुनासोपछि विद्यालयका प्रअ नन्दलाल जैशीले विद्यार्थीको घरमै पुगेर निःशुल्क टाई र पेटी उपलब्ध गराउनु भएपछि ती विद्यार्थी हाल नियमित रूपमा अध्ययन गरिरहेका छन् । त्यति मात्र होइन, कतिपय विद्यार्थी विद्यार्थीबीच एक अर्कोमा गरेको दुव्र्यवहार, शिक्षकले विद्यार्थीलाई गरेको त्यस्तै व्यवहार, प्रयोग गरेका शब्दले विद्यार्थीको भावनामा चोट पुगेको अवस्थामा समेत विद्यालयले आपसी छलफल गराएर समाधान खोज्दै अगाडि बढ्ने गरेको छ ।
पार्वती माध्यमिक विद्यालयका प्रअ नन्दलाल जैशी विद्यार्थीको धेरै खाले समस्या समाधानका लागि गुनासो पेटिका मार्गदर्शन नै हुने गरेको बताउनुहुन्छ । विद्यार्थीले खुलेर भन्न नसकेका कुरालाई पनि गोप्य रूपमा गुनासो पेटिकामा राख्न भनिएको र कतिपय समस्या यसकै माध्यमबाट समाधान गरिएको उहाँ बताउनुहुन्छ ।

विद्यार्थीले विद्यालय आउने बाटो चिप्लो भएको, कक्षामा सरसफाइ नभएको, छात्राले महिनावारी भएका बेला सेनेटेरी प्याड नपाएको, प्रयोगशाला नभएको आदि गुनासो पेटिका आउने गर्छ । बाजुराको तोली देवडाँडा माविका प्रअ गणेशप्रसाद ओेझाले विद्यालयमा गुनासो पेटिका राख्न थालिएपछि विद्यालयको पठनपाठन, सरसफाइ अतिरिक्त क्रियाकलापलगायतका काममा सुधार आएको बताउनुभयो । यसले समग्र विद्यालयको वातावरणमा राम्रो प्रभाव पारेको र विद्यार्थीको शिक्षण सिकाइमा सुधार गरेको प्रअ ओझा बताउनुहुन्छ ।

बाजुराको त्रिवेणी नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्नबहादुर अपडी प्रायः नगरपालिकाका सबै विद्यालयमा उजुरी पेटिका राखिएको र त्यसलाई समय–समयमा खोलेर गुनासोको समाधान गर्ने गरिएको बताउनुहुन्छ ।

विद्यालयमा प्रायः सबै विद्यालयले प्रार्थनाको समयमा शिक्षक तथा विद्यार्थीले गरेका कुनै पनि गलत कामका बारेमा आफँै उपस्थित भएर भन्न नसकिए गुनासो पेटिकामा गोप्य रूपमा लेखेर उजुर गर्न सकिने उहाँ बताउनुहुन्छ । त्रिवेणी नगरपालिकाका कार्यवाहक नगरप्रमुख कालु साउदले विद्यार्थीले खुलेर समस्या राख्न उजुरी पेटिका सहयोगी भएको र विद्यार्थीले आफ्ना गुनासो दबाउनु हुँदैन प्रस्तुत गर्नुपर्छ भन्ने भावना विद्यार्थीमा विकास भएको आफूले पाएको बताउनुभयो ।

शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला सार्वजनिक शिक्षाको सुधारका लागि गुनासो पेटिका अभ्यास प्रयास सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । भन्न सक्ने विद्यार्थीले ठाडै भन्ने र भन्न नसक्ने विद्यार्थीले मात्र लेखेर गुनासो गर्ने भएकाले विद्यार्थीको समस्या बुफ्न यो उपयोगी भएको उहाँको भनाइ छ ।

Leave A Comment