• Shreenagar, Minbhawan, Kathmandu
  • 01-4781046

विद्यालयलाई शान्ति क्षेत्र नभए के हुन्छ ?

विद्यालयलाई शान्ति क्षेत्र नभए के हुन्छ ?

  • हाम्रा छोराछोरी असुरक्षित हुन्छन् । उनिहरुको जीउ ज्यानमा खतरा हुन्छ ।
  • हाम्रा बालबालिकालाई डर, भय र त्रास भइरहन्छ ।
  • विद्यालयमावाट पाउनु पर्ने आवश्यक सुविधाहरु पाउदैनन् ।
  • हाम्रा बालबालिका माथी हिंसा, यौन शोषण तथा दुव्र्यवहार हुन सक्छ ।
  • हाम्रा छोरा छोरीले हेपाइ, गालीगलौज तथा पिटाइ सहनु पर्ने हुनसक्दछ ।
  • बालबालिकाले निर्धक्कसँग आफ्ना कुरा राख्न सक्दैनन । उनिहरु माथि भेदभाव हुन सक्छ ।
  • केटा केटीहरु विद्यालय जान मन्दैनन्, विद्यालय वाट भाग्दछन् ।
  • बालबालिका पढने विद्यालयको वातावरण विग्रन्छ ।
  • विद्यालयमा नियमित तथा पूरा समय पढाइ नहुन सक्दछ ।
  • हाम्रा बालबालिकाको पढाइमा बाधा पुग्छ । उनिहरुको पढाई विग्रन्छ । नतिजा कमजोर हुन्छ ।
  • हाम्रा छोरा छोरी सधैका लागि पछि पर्दछन् ।

के तपाँइ आफ्ना छोराछोरी ले यि कुरा भोग्नु परेको हेर्न सक्नुहुन्छ ? यदी हैन भने आजै देखी विद्यालयलाई शान्ति क्षेत्र वनाऊ ।

विद्यालय शान्ति क्षेत्र घोषणा भएमा के फाइदा हुन्छ ?

  • बालबालिका सुरक्षित हुन्छन् । विद्यालयमा विद्यार्थी लगायत सबैको जिउधनको सुरक्षा हुन्छ ।
  • निर्बाध रुपमा नियमित तथा पूरा समय पढाइ संचालन हुन्छ र विद्यार्थीको परिक्षाफल राम्रो हुन्छ ।
  • बालबालिकाले कसैले पिट्दैन, हेप्दैन, गालीगलौज गर्दैन ।
  • कुनै पनि बहानामा विद्यार्थीलाई दण्ड, सजाय दिइँदैन ।
  • बालबालिका हिंसा, यौन शोषण वा भेदभावमा पर्दैनन्
  • बालबालिकाले निर्धक्कसँग आफ्ना कुरा राख्न सक्छन् ।
  • बालबालिकाको पढाइमा सुधार ल्याउन सकिन्छ ।
  • बालबालिकाको चौतर्फि (शारिरीक, बौद्धिक, सामाजिक, संवेगात्मक, भाषिक) बिकासमा सुधार आउँछ ।
  • बालबालिकाले शान्तिको संस्कार सिक्दछन् ।
  • बालबालिका खुसी हुन्छन् ।
  • बालबालिका विद्यालय गए पछि बालबालिकाको संरक्षण र पढाईको विषयमा अभिभावक ढुक्क हुन सक्छन् ।

थाहा पाइराखौं

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ उपदफा (७) र (८)अनुसार

  • कसैले पनि बालबालिकालाई सशस्त्र द्वन्द्व वा राजनैतिक उद्धेश्यका लागि प्रयोग गरेमा रु. ५०,०००।–सम्म जरीबाना हुन्छ ।
  • जस्तोसुकै प्रतिकुल अवस्थामा कसैले कुनै पनि बहानामा विद्यालयको संचालन, व्यवस्थापनमा अवरोध गरे, गराएमा रु. ५०,०००।–सम्म जरीबाना हुन्छ ।

आफ्ना स्वार्थका निम्ति बालबालिकाको बालापन नखोसौं, सिक्ने, पढ्ने बेलामा अवरोध नगर्रौ !

Leave A Comment