धनुषाको लक्ष्मी माभ्यामीक विद्यालयमा (नाम परिवर्तन)मा छात्राहरुको उपस्थिती राम्रो छ । छात्रा मात्र पढने सो विद्यालयमा अभिभावकको पनि रुची भएकाले छात्राको संख्यामा उल्लेख्य रहेको हो । । छात्रा मात्र पढने भएकाले अभिभावक डुक्कले आफ्ना छोरीहरुलाई उक्त विद्यालयमा पढाउने गर्दछन् । छोरीहरुलाई कुनै दुव्र्यवहार नहोस । केटाहरुवाट जिस्काउने आदी नहोस भनेर अभिभावकले उक्त विद्यालय रोज्ने गर्दछन् ।
तर, अभिभावकलाई के थाहा आफ्ना छोरीहरु विद्यालय भित्रै यौन दुव्र्यवहारको सिकार भइरहेका छन भन्ने । उनिहरु विद्यालयमै यौन हिंसाको शिकार भइरहेका थिए । विद्यालयसंग पयाप्त स्रोत साधन नभएको कारणले राम्ररी घेरवार गर्न सकिरहेको थिएनन् । राम्रो घेरबार नभएको कारणले बाहिरी केटाहरु विद्यालय भित्र पसेरै छात्रा माथी दुव्यवहार हुने गरेको थियो । विद्यालय भित्रका व्याक्तिवाटै पनि उनिहरु हिंसामा परिरहेका थिए । यस्तो दुव्यवहार छात्राहरुले सहदै आइरहेका भए पनि गुनासो गर्ने ठाँउ पाइरहेका थिएनन् ।
यसै विच विद्यालयले पालिकावाट एउटा पत्र पायो । त्यसमा विद्यालयमा गुनासो पेटिका राख्नु र लैङगिक सम्र्पक शिक्षकलाई गुनासो सुन्ने शिक्षक तोक्नु भनिएको थियो । यति मात्र हैन त्यस पालिकाका सबै विद्यालयका प्रअ र लैङगिक तथा गुनासो सुन्ने शिक्षकलाई गुनासो सुनुवाइ संयन्त्र सम्बन्धी तालिम समेत दिइयो ।
सो विद्यालयले पनि गुनासो पेटिकाको व्यवस्था ग¥यो र विद्यार्थीलाई आफुलाई परेको समस्या सो पेटिकामा राख्न लगाइयो । विद्यालय प्रशासनले गुनासो पेटिका राखे पछि छात्राहरुले आफुलाई बाहिरी केटाहरुले गरेको दुव्यवहारको बारेमा गुनासो पेटीकामा आपनो गुनासो राखे । छात्राहरुको यस्तो गुनासो देखेपछि प्रधानाध्यापकले निगरानी गरे र त्यस्ता केटाहरुलाई सम्झाई बुझाई गरि केही समय सुरक्षा दिए । यतिले समस्याको हल भएन । ती बराल्लीने केटाहरुले विद्यालयको आसपास बाटोमा फेरी दुव्यवहार गरे । केटाहरुको यस्तो हर्कत देखेपछि छात्राहरुले फेरी गुनासो गरे । केटाहरुले अति गरेपछि विद्यालय प्रशासनले गुनासोको बारेमा प्रहरी समक्ष उजुरी दियो । नेपाल प्रहरीले सो उजुरी प्राप्त गरेपछि आफ्नो सुरक्षा बढायो । त्यस्तो व्यवहार गर्ने केटाहरु सधैका लागी त्याहा बाट हटे । ति मध्ये केही लागु औसतको मुद्धामा परेका समेत रहेछन् । छात्राहरु प्रहरीवाट आफ्नो गुनासो सम्बोधन भएकोमा उत्साहित भए । आफुलाई पेरेको समस्या भन्न आट गर्न थाले ।
छात्राहरुले विद्यालय परिवार भित्रको बारेमा समेत उजुरी गर्न थाले । सो विद्यालयको शिक्षक बृज नारायण (नाम परिर्वतन) सरको बारेमा उजुरी प¥यो । बृज नारायण सरले छात्राहरुलाई पढाउने बाहानामा ढाप मार्ने, जीउमा सुम्सुम्याउने गाला तान्ने जस्ता गतिविधी सम्वन्धमा परेको उजुरी बारे लिएर लैङगिक तथा गुनासो सुन्ने शिक्षकले प्रधानाध्यापकलाई जानकारी गराइन ।
कक्षामा छात्राहरुसंग उनिहरुका समस्याको बारेमा छलफल गरे । छात्राहरुले आपनो गुनासोको सम्बोधन नभएको गुनासो गरे । प्रधानाध्यापकले छात्राहरुले भोगी रहेको यौन दुव्र्यवहारको समस्यालाई गम्भिर रुपमा लिए । पिडक शिक्षक बृज नारायन सरलाई बोलाइ छात्राहरु बाट प्राप्त गुनासोको बारेमा जाँचवुझ गरे । बुज नारायण सरले शुरुमा यो गुनासोलाई स्वीकार गरेनन् । उनले आफुले गलत नियतले छात्राहरुलाई कुनै व्यवहार नगरेको जिकीर गरे । प्रधानाध्यापकले यो कुरालाई गम्भिर रुपमा उठाउने भनेपछि बृज नारायण सरले आफुबाट भुलबस यस्तो भएको बताए । आयिन्दा यस्तो गल्ती कहिलै नगर्ने कवुल गरे । प्रधानाध्यापकले यस्तो गुनासो फेरी दोहोरिए कानुनी प्रकृयामा आफु अगाडी बढाउन बाध्य हुने कुराको जानकारी सहीत सचेत गराए । त्यस उपरान्त ति शिक्षक वारे छात्राहरु वाट थप कुनै गुनासो परेको छैन ।
शिक्षक मात्र हैन । गुनासो पेटीका राखेपछि विद्यालय प्रशासन पनि धेरै कुरामा चनाखो एको छ । विद्यालयले नगरि रहेका खानेपानी, शौचालय, खेलकुद सामग्री व्यवस्थपन गरेको छ । कक्षामा शिक्षकको नियमितता हुन थाल्यो । अनि छात्राहरु आफुलाई सुरक्षीत महसुस गरिरहेका छन । गुनासो पेटीका छात्राका लागि समस्या समाधानको वाहक बनेको छ ।