आलिसा साह (नाम परिवर्तन)को टाढाको घर गाँउमा छ । उनको घरको कमजोर आर्थिक ज्यादै कमजोर छ । परिवार पनि विखण्डीत छ । पारीवारीक तथा आर्थीक कारण गाँउमा वसेर उनिले पढन पाउने अवस्था थिएन । त्यसैले उनी एक आफन्त पर्नेकहाँ बसेर आफ्नो पढाइलाई जेनतेन अगाडी बढाइरहेकी थिइन । उनी नेपाल राष्ट्रिय विद्यापीठ उच्चमावी श्रीपुरमा पढिरहेका थिइन । आफ्नो बाल्यकाल जस्तो सुकै अवस्था वाट गुज्रीए पनि उनि आफ्नो भविश्य सुन्दर वनाउन चाहन्थीन । संधर्ष गर्न न डराउने उनि त्यतिवेला आतिइन जतिवेला बुबा समानका आफनै शिक्षक महमद अन्सारी (नाम परिवर्तन) ले उनिमाथि कुदृष्टि राखे ।
उनिमाथि ति शिक्षक द्धारा निरन्तर दुव्र्यवहार हुन थाल्यो । जसले गर्दा उनको पढाइका समस्या आउन थाल्यो । विद्यालय जानेकी न जाने अवस्था आयो उनि सामु । जाँउ त शिक्षकको दुव्यवहार न जाँउ त भविश्य नै विग्रने । उनी तनाव ग्रत हुन थालीन । सुरुमा डराएर कसैलाई नभनेपनि अति भएपछि उनले सहास वटुलीन र आफ्नो साथिलाई सो कुरा सुनाइन । सुरुमा त कसैले पत्ताएन उनको कुरा लाइ । विस्तारै विस्तारै ति साथीहरुले पनि थाहा पाए शिक्षकको व्यवहार । छात्राहरु मिलेर प्रअलाई सवैकुरा मात्र सुनाएन आफुले भोग्नु परेको समस्या वारे लिखित निवेदन नै दिए । तर विभिन्न शक्तिको आडमा रहेका ति शिक्षकलाई प्रअले पनि केहीगर्न सकेनन ।
जिल्लाका छात्रा शिक्षा सञ्जाल रहेको र त्यसले यस्तो अवस्थामा सहयोग गर्ने थाहापाएका केही शिक्षकहरुले स्रोत व्यक्ती मार्फत समस्या सञ्जालका सम्पर्क व्यक्ती आशा गौतमका पु¥याए । तर, जव आशा मार्फत यो कुरा छात्रा शिक्षा सञ्जालकहाँ आइपुग्यो तव भने समस्याले निकास पाउने आशा पलायो । नभन्दै उनको अगुवाइमा तुरुन्त सञ्जालले यसको अनुगमन सूरु ग¥यो । त्यस विद्यालयका शिक्षकहरु र समुदायसँग गोप्य रुपमा छलफल गरी सत्यतथ्य पत्ता मात्रै लगाएन शिक्षकलाई कारवाहीका लागि दवाव स्वरुप जनमत समेत सिर्जना ग¥यो । जिल्ला शिक्षा कार्यालय मार्फत कारवाहि प्रकृया अगाडी बढायो । कार्वाहीको दैरान सञ्जालले ठुलै दवाव समेत झेल्लनु प¥यो । तर सवै दल सम्वद्ध प्रतिनिधिहरु, शिक्षकहरु, गैर सरकारी निकायहरु र सरकारी निकायहरु समेत रहेको सञ्जालले शिक्षकलाई कारवाही स्वरुप नैसियतको लागि जिशिकामा झिकाइयो र विडित छात्रालाइ विद्यालयका सम्मानका साथ पढन वातावरण वानइयो । केही समयको नसियत पछि उक्त शिक्षक जिल्ला शिक्षाको निगरानीमा रहने गरी अन्यत्र सरुवा गरियो ।
यसरी सञ्जालको पहलमा आज एउटी असाहाय छात्राले झण्डै अनिश्चित हुन लागेको आफ्नो पढाइलाई निरन्तरता दिइरहेकी छन् । उन अहीले नियमीत विद्यालय जान्छीन र पढाइ पनि राम्रो रहेको छ ।
महिला शिक्षकले न्याय पाइन्
रेनु कुमारी गुप्ता नेपाल राष्ट्रिय निमावी लालपर्सामा पढाउ छिन् । उनिलाई विद्यार्थीहरुले राम्रो माने पनि त्यहाँका शिक्षक तथा प्रअ नयन साह भने रुचाउदा रहेन छन् । विभिन्न वहाँनामा छेड्खान गर्ने, गाली गलैज तथा दुव्यवहारको सिकार हुदै आउनु परेको थियो उनले । महिला भएकोले उनि विद्यालयका प्रअ संग प्रतिकार गर्ने आँट पनि उनीमा थिएन् । वाँकी शिक्षकहरु पनि प्रअकै प्रभावमा थिए । दिन दिनै प्रअको र्दुव्यवहार वढि रहेको थियो । रेनु कुमारी भने विवश भएर ति व्यवहार सहिरहेकाी थिइन ।
उनको धर्यताको वाँध त्यतीवेला फुट्यो जव उनले छात्रा शिक्षा सञ्जालको साथ पाइन आफ्नो व्यथा पोख्न । लैडिगक सम्पर्क विन्दु आसा गौतमलाइ सवैकुरा राखीन उनले । गौतमले पनि उनको अवस्था वुझन् विद्यालयमा जाने योजन वनाइन । संयोग छात्रा शिक्षाका लागि महिला सभासदहरुको अनुगमा त्यसै जिल्लामा आइरहेको थियो । र छनौटमा उत्त नेरानिमावीलाई पारीयो ।
अनुुगमा टोलीले विद्यालयको भ्रमण ग¥यो । शिक्षक, प्रअ तथा अभिभावकहरु संग छलफल भयो तर रेनु कसैको नजरमा परिनन् । सभासद्हरुले प्रअ संग रेनुका वारेमा जिग्यासा राहे । अनि पो सवैले थाहा पाए प्रअको ज्जानती । उनले विद्यालयका पढाइरहेकी रेनु लाई पागल भन्दै सम्वोघन गरे र धृणाको शैलीका वोलाए । विवस रेनु पागल झै सिर निहुराएर उपस्थीत भइन ।
अनुगमन टोली सामु दुइवटा प्रश्न तेस्रीयो । पहिलो रेनु पागल हो भने उनी विद्यालय तथा बालबालीकका लागि समस्या होइनन् ? दोस्रो यदी पागल होइनन भने उनि माथी किन यत्रो दुव्यवहार ? सभासद सहितको सञ्जाल सदस्यको टोलीले जिल्ला शिक्षा कार्यालयलाई अनुसन्धान गरि समस्या समाधानका लागि सुझाव दियो ।
जिशिकाले रनुलाई कार्यालयमा बोलाई सोधपुछ ग¥यो र सवै अवस्था वुझयो । विद्यालयका उनि माथि भएको दुव्र्यवहार वाट वचाउन तथा उनको दिमागी अवस्था थाहा पाउन शिक्षा कार्यालयमा काजमा राखी काम गर्ने वातावरण मिलायो । अन्यायमा परेकी रेनुले नयाँ जिवन पाइन । त्यहाँ उनले निक्के जिम्मेवार पूर्ण कार्यहरु समेत उत्कृष्ठ तरीकाले गरिन । अन्तत छात्रा शिक्षा सञ्जाल उनी स्वस्थ रहेको र उनीमाथि विद्यालयबाट अन्याय भएको निष्कर्षमा पुग्यो । जिल्ला शिक्षा कार्यालयले उनलाई पाएक पर्ने अर्को एउटा विद्यालय त्रिभुवन हनुमान मावि वीरगन्जमा सरुवा गरी उनको कामलाई निरन्तरता दियो । आज उनी त्यसै विद्यालयका प्रिय शिक्षकको रुपमा कार्यरत छिन् ।
दूव्र्यवहार रोकियो
मञ्मिमा बलायर (नाम परिवर्तन) कक्षा ७ मा पढ्दछिन् । तर उनलाई विद्यालयसम्म आइपुगेर भविष्य बनाउने सपना साकार पार्न त्यति सहज भने छैन । घरायसी कामको चपेटाबाट मुक्ति पाउन उनलाई निकै गाह्रो छ । तैपनि उनी विद्यालय पुग्ने गर्दछिन् र पढाईलाई निरन्तरता दिएकी छिन् ।
भर्खरै किशोरावस्थामा प्रवेश गर्दै गरेकी उनी आफ्नै शिक्षकबाट दूव्र्यवहारमा परियला भनेर सोचेकी पनि थिइनन् । भयो त्यस्तै । विज्ञान विषयका गुरुले उनलाई सुमसुम्याउने, तथा संवेदनशील अंगमा समेत छुने गर्न थालेपछि उनलाई लाग्यो अब मेरो भविष्य अन्धकार हुन्छ ।
शिक्षकको यस्तो कार्यले उनलाई दूखित मात्र तुल्याएन विद्यालय सहास र जाँगरसमेत मारेको थियो । ति शिक्षकले उनलाई मात्र होइन उनीजस्तै अन्य छात्रालाई पनि त्यस्तै व्यवहार गर्दा रहेछन् । उनीहरु सबै डराएका थिए । कसैमा भन्ने आँट थिएन । पीडित छात्राहरु द्विविधा थिए ।
जनता जनाद्र्धन उच्च माविकी छात्रा मञ्जिमा लगायत अन्य छात्राहरुको समस्यालाई व्यक्त गर्ने अवसर त्यति खेर पाए जब जिल्ला शिक्षा कार्यालयले हरेक माध्यमिक विद्यालयहरुलाई लैङ्गिक गुनासो सुनुवाईका लागि फोकल व्यक्ति तोक्ने निर्देशन मात्र दिएन । मौखिक रुपमा अभिव्यक्त गर्न नसक्नेका लागि गुनासो पेटिकाको समेत व्यवस्था गर्न लगायो । विद्यालयले सम्पर्क व्यक्ति तोकेको शिक्षक शान्ता दाहालको हातमा तिनै मञ्जिमाको गुनासो प¥यो र समस्याले समाधानको बाटो पहिल्यायो । शिक्षक शान्ताले प्रअसँग मञ्जिमाको गुनासो राखिन् । तर प्रअले मात्र केही गर्न सकेनन् । शान्ताले जिल्ला शिक्षा कार्यालयका लैङ्गिक सम्पर्क व्यक्तिलाई उक्त गुनासोका बारेमा अवगत गराइन् । जिल्लामा सक्रिया छात्रा शिक्षा सञ्जालले उक्त मुद्दालाई गम्भिरताका साथ लियो र गोप्य तरिकाले शिक्षकसँग सोधपुछ गरी उनलाई चेतावनी दियो । जिल्ला शिक्षाले गरेको कारबाहीपछि विद्यालयमा त्यस्तो व्यवहार गर्ने कसैले आँट गरेनन् । मञ्जिमालगायत अन्य छात्राहरुको समस्याले समाधान पायो । आज पनि विद्यालयमा छात्राहरु निर्भय तरिकाले पठनपाठनमा सामेल हुने वातावरण बनेको छ । शिक्षक तथा छात्रहरु आपूmविरुद्ध पर्नसक्ने उजुरी र त्यसबाट पाइने सजायका कारण सजग छन् । विद्यालय छात्रामैत्री बन्दै गएको छ ।