• Shreenagar, Minbhawan, Kathmandu
  • 01-4781046

गुनासो पेटिकाले वचायो बालबालीकाको जिवन

द्धार देवी मावि अलौकी गुनासो सुन्ने तथा लैड्गिक फोकल शिक्षक सरिता साहले समयद सोचेकी थिएनन् होला उनले लिएको जिममेवारीले बालबालीको जीबन रक्षामा सहयोगी हुने छ ।
तर, जे नसोचेको त्यही नैं भयो । विरगंज महानगर पालिकाको निर्देशन अनुसार विद्यालयले पहिलेनै गुनासो पेटिका राखी सकेको थियो । उनि विद्यालयमा गुनासो पेटिका संचालन तथा प्राप्तहुने गुनासोको व्यवस्थापन सम्वन्धी तालिम वाट फर्के पछि लगत्तै आफुले प्रप्त गरेको ज्ञान र सिपलाई व्यवहारमा उतार्न तर्फ लागीन । प्रधानाध्यापक तथा अन्य शिक्षक संगको सहकार्यमा उनले सवै कक्षा तथा प्राथना लाइनमै गुनासो पेटिकाको वारेमा पुन विद्यार्थीहरुलाई वताइन । कुनै समस्या भएमा वा कोेही समस्या परेको देखेमा गुनासो पेटिकामा लेखी खसाल्न सम्झाइनन् । विद्यार्थीहरुको निकटमा रहेर अन्तरकृया गरि रहीन ।
विद्यालयमा गुनासोहरु विद्यार्थीले गरिरहन्थे । शौचालय फोहोर भएको, कक्षामा हल्ला हुने गरेको, वस्ने ठाँउ नपुग्ने, खेलकुदको सामग्री कम भएको जस्ता समस्या अउन थाले । त्यसै अनुसार विद्यालयले समाधान पनि खोज्द थियो । तर एक दिन प्राप्त एउटा पत्रले उनलाई स्तव्ध वानायो । कहि समयत उनले पत्याउन पनि सकिनन् । जव त्यसै पत्रका आधारमा अनुसन्धान गरियो तव घटना सत्य पाइयो । माध्यामीक तहको एउटा कक्षामा पढ्ने केही विद्यार्थीको जिवन अन्धकार हुन मात्र लागेको रहेनछ उनिहरुको संगतले अरुलाई पनि प्रभावित गर्न थाली सकेको रहेछ । केही विद्यार्थी लागुपदार्थको कुलतमा परेका रहेछन । उनिहरु विद्यालय वाहिरमात्र हैन विद्यालयमै समेत लागु पदार्थ वोकेर आउन थालिसकेका रहेछन् ।
गुनासो पेटिकामा विद्यालयमा लागु पदार्थ सेवन हुने गरेको गुनासो प्राप्त हुन साथ विद्यालयले उच्च सतर्कताका साथ प्रकृया अगाडी वडायो । अन्य विद्यार्थीमा नकारात्मक प्रभव नपर्ने तथा सम्वन्धीत विद्यार्थीलाई पनि सुधारा गर्ने गरि सम्पूर्ण प्रकृया गर्नु विद्यालयका लागि चुनौति नै वन्यो । विद्यार्थीलाई लागु मुक्त गर्न विद्यालयमा त्यस्तो लागु औंसत कहाँवाट आयो भन्ने जान्न आवश्यक थियो । यस घटना पछि मात्र थाहा भयो विद्यालय संगैको वाटोमा युवाहरु भेला भएर लागु पदार्थ सेवन गर्दा रहेछन् । त्यसैको प्रभाव स्वरुप विद्यालय लागु पदार्थ भित्रीएको रहेछ ।
गोप्य तथा घटना व्यवस्थापन सम्वन्धी विषयमा जानकार प्रधानाध्यापक तथा फोकल शिक्षकले आफ्नो कुशलता देखाए र विद्यालयलाई लागु औंसत मुक्त वनाए । उनिहरुले संकास्पद विद्यार्थी समेत पर्ने गरि सवैको अन्य वाहानामा अचानम झोला तथा गोजी हेरे । नभन्दै केही विद्यार्थीमा लागु पदार्थ भेटीयो । त्यस पछि ति विद्यार्थीहरुलाई नियमीत परामर्श दिइयो भने घटना व्यवस्थापनमा अभिभावकलाई समेत सहभागी गराइयो । नियमीत र कडा निगरानी कायम गरियो । लागु पदार्थ सेवन गर्ने त्यस्ता युवाहरुलाई विद्यालयको परिसर ओरपर वाट आउन दिइएन भने विद्यालयको घेरावार थप मजवुद गरियो । अभिभावकहरुलाई सचेत गराइयो । दुव्र्येसनको प्रारम्भीक अवस्थामा रहेका ति नव वयस्क विद्यार्थीहरुले निरन्तरको परामर्श र निगरानीका कारण त्यस्तो कार्य पूर्णतया छाडे । विद्यालय उनिहरुको जिवन रक्षाको कारक वन्यो सुझाव पेटिका । उनिहरु पुर्ववत, विना संकोच विद्यालयमा आइरकेका छन् । किनकी उनिहरुवारे त्यस्तो गतिविधि वारे खुल्ला रुपमा भनिएन । गुनासो सुन्ने तथा लैड्गिक फोकल शिक्षक सरिता साह भन्छीन, ‘गुनासो पेटिकाले विद्यालयवाट लागु पदाथ पत्ता लगाउला र विद्यार्थीहरुलाई त्यस्तो कुलत वाट छुटाउनु पर्ला भन्ने सोचेकी सम्म थिइन । विद्यार्थीका लागि यस्तो गर्न पाउदा खुसी लागेको छ ।’

Tags Cloud

Leave A Comment